काठमाडौं – भारतमा जारी इन्डियन प्रिमियर लिग अन्तर्गत भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाइ हराएको छ । उक्त खेलमा राजस्थान रोयल्सका रियान परागले दिल्लीविरुद्ध अर्धशतक बनाएका छन् ।१० नोभेम्बर २००१ मा भारतको गुवाहाटीमा जन्मिएका राजस्थान रोयल्सका रियान पराग सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका छन् ।

उनी आईपीएल क्रिकेटको इतिहासमा नै अर्धशतक बनाउने कम उमेरका खेलाडी बनेका हुन् । उक्त खेलमा आईपीएल क्रिकेटमा राजस्थान रोयल्सका रियान परागले दिल्लीविरुद्ध शनिबार अर्धशतक बनाएका छन् ।उक्त खेलमा पहिला ब्याटिंग गर्दै राजस्थानले ११५ रन बनाएको थियो ।

तपाईको प्रतिक्रिया