एजेन्सी । पछिल्लो समय बलिउड कलाकार आमिर खान फेरी विवादित बनेका छन् । उनले श्रमदान गरेको भिडियो सार्वजनिक भएपछि उनी विवादित बनेका हुन् । अन्तराष्ट्रिय श्रमिक दिवसको दिन आमिर खान आफ्नी पत्नीका साथ श्रमदान गर्न गएका थिए ।

सो भिडियो उनले आफ्नो ‘इन्स्टाग्राम’मा ‘शेयर’ गरे । आमिर श्रमदान गर्न पुगेपछि त्यहाँ ठूलो भिड जम्मा भयो । आमिरले श्रमदान गरेको देखेर जम्मा भएको भिडले पनि श्रमदान गर्न थाल्यो । जसवाट धेरै दिन लाग्ने काम एकै दिनमा सकियो । उनी सडक निर्माणको काममा श्रमदान गर्न गएका थिए ।

त्यतीबेलाको भिडियो भाइरल बनेको छ । उनले महाश्रमदानमा सहभागी हुँदै मजदुर दिवसको अवसरमा शुभकामना दिंदै सो भिडियो ‘शेयर’ गरेका थिए । भिडियोमा एक बालिकाले कोदालोले खन्दै गरेको देखिन्छिन् ।

भिडियोमा बालिकाले कोदालोले खन्दै गरेकी छन् भने आमिरले माटो उठाएर बाहिर फ्याँकेको देखिएको छ । यो भिडियो सार्वजनिक भएसँगै आमिरले बाल श्रमलाई प्रोत्साहन गरेको भन्दै ‘इन्स्टाग्राम’मा आलोचना भएको छ । भिडियोमा करिब ९० हजारले ‘लाइक’ गरेका छन् । कोदालो र बेल्चा लिएर श्रीमती सहित सडक खन्न आमिरलाई निस्केको देखेर केहीबेर मजदुरहरु पनि छक्क परेका थिए । तर आमिरले वातावरणलाई सहज बनाउँदै काममा सरिक भए । पछि सबैले सहजताका साथ काम गरेका थिए । एजेन्सी

तपाईको प्रतिक्रिया