काठमाण्डौ – गए राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा एट्लेटिको मड्रिडलाई स्पान्योलले हराएको छ । उक्त रोमान्चक खेलमा स्पान्योलले एट्लेटिकोलाई ३(० ले हराएको हो ।एट्लेटिको मड्रिड र स्पान्योल बिच भएको उक्त खेलमा हिलो हाफको इन्ज्यूरी समयमा नै डिएगो गोडिनले आत्मघाती गोल गरे । त्यसपछी ५२औं मिनेटमा स्पान्योलका बोर्जा इग्लियसले गोल गर्दै अग्रता दोब्बर बनाए ।

त्यसपछी खेलको ८९औं मिनेटमा स्पान्योलका बोर्जा एग्लियसले पेनाल्टी मार्फत गोल गरे ।जितसँगै स्पान्योल ४७ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ । एट्लेटिको ७४ अंकसहित दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया