काठमाडौं – गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा लिभरपुलले न्युक्यासललाई उसैको घरेलु मैदानमा हराएको छ । उक्त रोमान्चक खेलमा न्युक्यासललाई लिभरपुलले ३(२ गोलअन्तरले हराएको हो ।लिभरपुलको जितमा भिर्गिल भान डिजिक, मोहम्मद सलाह र डिभोक ओरिगीले गोल गरेका थिए ।उक्त खेलको १३औं मिनेटमा लिभरपुलका भन डिजिकले गोल गर्दै टिमलाइ अग्रता दिलाए। त्यसपछी खेलको २०औं मिनेटमा न्युक्यासलका एट्सुले गोल गर्दै टिमलाइ बराबरीमा पुर्याए।

त्यसपछी खेलको २८औं मिनेटमा मोहम्मद सलाहले गोल गरे ।त्यस्तै पहिलो हाफमा २(१ गोलको अग्रता बनाएको लिरभपुलले दोस्रो हाफमा पनि एक गोल थपेको थियो । खेलको ५४औं मिनेटमा न्युक्यासलका रोन्डनले गोल गरे । त्यस्तै खेलको ८६औं मिनेटमा ओरिगीले गोल गर्दै गर्दै लिभरपुललाई ३(२ गोलको जित दिलाए ।जित सँगै लिभरपुलको ३७ खेलबाट ९४ अंक भएको छ । त्यस्तै, पराजित न्युक्यासलको भने समान खेलबाट ४२ अंक मात्रै छ ।

तपाईको प्रतिक्रिया