बझाङ – शनिबार एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ जयपृथ्वी नगरपालिका वडा नं। १ भण्डार की ३५ बर्षिया हरिनादेवी बोहरा रहेकी छन् ।घर नजिकैको हलानेडाडोमा घाँस काट्न गएकी बोहराको घाँस काट्ने क्रममा नै भिरबाट लडेर मृत्यु भएको हो ।

उनी शनिबार दिउँसो करिव ३ वजेतिर घर नजिकैको हलानेडाडोमा घाँस काट्न गएकी थिइन् ।उनको श्रीमान साथै ४ छोरा र १ छोरी रहेका छन् ।

तपाईको प्रतिक्रिया