एजेन्सी । तपाई हामी सर्प भनेपछि डरले भाग्छौं । घरमा सर्प पस्यो भने जसरी हुन्छ बाहिर निकालेर भगाउने कोसिस गर्छौ । तर संसारमा यस्तो गाउँ पनि छ जहाँ सर्पकै उत्सव मनाउँछन् । संसारभर मानिसहरु आफ्नै तवर तरिकाले चाड, पर्व तथा उत्सव मनाउँने गरेको पाइन्छ । हेर्दै जिउ नै सिरिगं हुने सर्पको उत्सवमा मानिसहरु रमाएको देख्दा अनौठो लाग्न सक्छ ।

तीमध्ये इटालीको कोकुलो गाउँमा प्रत्येक वर्ष सर्प उत्सव मनाइन्छ। जुन निकै आश्चर्यजनक र रोचक मानिन्छ। प्रत्येक मे १ तारिखमा कोकुलो बासीहरु सर्पको पर्व मनाउँछन्। यस पर्वलाई उनीहरु उल्लासमय ढंगबाट लिने गर्दछन्। हातमा गलामा सर्प लिएर उत्सवमा सहभागी भएको देख्न सकिन्छ ।यस उत्सव तथा पर्व मनाउनुमा यिनीहरुको आफ्नै छुट्टै लामो इतिहास छ। सान डोमिनिको डि सोरा भन्ने व्यक्तिले किसानका खेतबाट सर्पहरु दैवी शक्तिको प्रयोगबाट हटाइदिएको उनीहरुको भनाइ छ।

जसले किसानलाई खेतमा काम गर्न सजिलो भएको विश्वास छ।कसैले सर्प भगवान एन्गिसियालाई पुजागर्न सर्पको पर्व मनाउने गरिएको बताउँछन्। मानिसहरु ४ प्रकारका विष विहिन सर्प लिएर यस पर्वमा सामेल हुन्छन्। पुजा गर्छन् ।यस पर्व सकिएपछि भने सर्पलाई जंगलमा छाडिने बताइएको छ। एजेन्सी

तपाईको प्रतिक्रिया