कोहलपुर, २३ वैशाख । जनप्रतिनिधिहरु सुविधाभोगी भइरहेका छन् भन्ने आरोप लागिसहंदा बाँकेको राप्तीसोनारी गाउँपालिका २ नं वडा सदस्य भने सामाजिक काममा लागेका छन् । उनले ब्यक्तिगत लगानीमा सामाजिक काम गरेर चर्चा कमाएका छन् । सदस्य ज्ञानेन्द्र राज वली ज्ञानु ले ब्यक्तिगत लगानीमा सामाजिक काम गरेर उदाहरण पेश गरेका छन् ।

उनले वडा कार्यालयको बजेटले पुरा नभएको बाँकी अधुरो बाटो आफ्नो व्यक्तिगत लगानीमा निर्माण सम्पन्न गरेका छन् । ग्राभेल गर्न गाउँपालिकाको वजेटले अपुग भएपछि उनले ब्यक्तिगत लगानीमा सो काम सम्पन्न गरेका हुन् । राप्तीसोनारी गाउँपालिका वडा नं २ ले वडाको टिकुलीपुरको सिद्धसाईदेखी पेरानी सम्म जाने करिब ११ सय मिटर बाटो ५ लाख ५० हजार रुपैयामा ग्राभेल गर्ने इष्टमेट गरिएको थियो । तर सो वजेटले २ किलोमिटर बाटो निर्माण गर्नुपर्ने भएपछि वजेट अपुग हुन गयो ।

यसरी अपुग भएको वजेट उनले आफ्नो ब्यक्तिगत खर्चमा पुरा गरेका हुन् । बाटो २ किलोमिटर सडक ग्राभेल गर्ने बाँकी वजेट जनप्रतिनिधि वलीले आफ्नै लगानीमा बाटो निमार्ण गरेको बताए । सबै बाटो ग्राभेल तथा मर्मत गर्न वडाको बजेटले मात्र सम्भव थिएन , म जनप्रतिनिधि भएको काराण पनि विकास गर्नुपर्छ भन्ने मान्यताले बाँकी बाटो आफ्नै स्रोत र साधनले बनाएको हु वलीले भने। उनले सो बाटो ग्राभेल निमार्णका लागी १ लाख ५० हजार सहयोग गरेको बताएका छन् ।

उनलाई आईतबार बाटो निमार्ण उपभोक्ता समितिले कदरपत्र सहित सम्मान समेत गरेको छ । यस अघि उनले प्रतिक्षालय ,खेलमैदान, बाटो निमार्ण का काम मार्फत जनताको सेवा गर्दै आएका थिए । साथै उनले गाउँमा आर्थिक अभावका कारण अप्ठेरोमा परेकाहरुलाई पनि सहयोग गर्दै आएका छन् । पछिल्लो समयमा लोकप्रिय जनप्रतिनिधिका रुपमा परिचित ज्ञानेन्द्र राज वली ज्ञानु राप्ती सोनारीका चर्चित युवा नेताका रुपमा अघि बढिरहेका साविक कचनापुर का स्थानिय वासिन्दा बताउछन् ।

तपाईको प्रतिक्रिया