काठमाडौं । एक साता देखि सुरु भएको बिर अस्पतालको सफाई अभियानले अस्पतालको काया पलट गरेको छ । मुलुककै जेठो अस्पताल वीरमा सफाइ अभियान सुरु भएको हो । सफाइ अभियान चलाइरहेका खेम शर्माको अगुवाईमा गत आइतबारदेखि बीर अस्पतालमा सफाइ अभियान सुरु भएको हो ।

खेम्स क्लिनिङ्गले थालेको एक महिने अभियानमा धुर्मुस सुन्तली फाउण्डेसनले सहयोग रहेको छ । सफाइ अभियानको शुभारम्भ गर्दै शर्मा र धुर्मुससँगै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले वीर अस्पतालको ट्वाइलेट सफा गरेकी थिइन् । अहिले पनि कलाकार तथा समाजसेवी धुर्मुस र सुन्तली अस्पतालको सफाई र रंगरोगनमा आफै खटेका छन् ।

भिडियो हेर्नुहोस धुर्मुस सुन्तलीले वीर हस्पिटलबाटै यसो भने :

तपाईको प्रतिक्रिया