काठमाडौ – दक्षिण अमेरिकी खेलाडी म्याराडोना सन् १९८० को दशकमा विश्व फुटवलमा ‘वादशाह’ उन्मुख नाम थियो। ठिक त्यहि समयमा मणि विक्रम शाहले नेपाली दर्शक दिर्घाबाट ‘म्याराडोना’ को उपाधि पाइरहेका थिए।

त्यो उपमा पाउनु स्वभाविकै थियो। उनले रंगशालामा म्याराडोनाकै शैलीमा आफुलाइ प्रस्तुत गर्थे। सटिक पास निकाल्ने र बललाई गोलपोष्ट चुमाउने उनको विशेष खालको शैली थियो। डेड बल र उनको खुट्टाको गजब सम्बन्ध छ। डेड बल उनी कमै मिस गर्थे। अहिले पनि नेपाली फुटवलमा वान स्टेप बल हान्न सक्ने खेलाडी धेरै कम छन्। शाह भने त्यसमा पनि पारङगत थिए। विपक्षिहरु पेनाल्टी बक्स वरिपरी शाहको खुट्टामा बल भए सधै खतरा महसुस गर्थे। अझ त्यो पनि बायाँ खुट्टटामा भए झनै खतरा। बाँया खुट्टे शाह विदेशी क्लवहरु सँग खेल्दा पनि नेपाली मिडफिल्ड र फरवार्ड दुवै खेल्न सक्ने आफ्नो समयमा प्रतिभावान खेलाडि हुन्।

उनको ‘ड्रिब्लिङ’ कला र ‘स्पट किक’को चर्चा नगर्ने सायदै भेटिन्छन्, दक्षिण एसियामा। सन् १९९३ को दक्षिण एसियाली खेलकुद (साग) मा देशलाई स्वर्ण जिताउन उनले अभूतपूर्व खेल प्रदर्शन गरेका थिए बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा। त्यतिबेला फाइनल खेल सकिन दुई मिनेट बाँकी रहँदा नेपाल २-१ ले भारतसँग पछाडि परेको थियो। तर, यो नतिजा उल्ट्याउँदै उनले नेपाललाई स्वर्ण दिलाउन महत्वपूर्ण योगदान गरे। फाइनलमा उनले फ्रिकिकमार्फत बराबरी गोल गरेका थिए भने पेनाल्टी सुटआउटमा अर्को गोल गरेपछि नेपाल टाइब्रेकरमा ५-४ गोलले विजयी भएको थियो।

हेर्नुहोस् भिडियोमा

तपाईको प्रतिक्रिया