काठमाडौँ , ललितपुर महानगरपालिका-२६ ढोलाहिटी बस्ने २५ वर्षीया अञ्जना लामा महतलाई धारिलो हतियार प्रहार गरी हत्या  भएको थियो I हत्या गरेको अभियोगमा मृतकका आफ्नै जेठाजु ३५ वर्षीय उज्वल महतलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।

उज्वलले धारिलो हतियार खुकुरी प्रहार गर्दा अञ्जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उज्वललाई पक्राउ गरेको हो ।

यसै क्रममा उनको मामाले भान्जा उज्वल को बारे यस्तो जानकारी दिईएको छन I उज्वल मानसिक सन्तुल ठिक नभएको उनले हरेक औषधि प्रयोग गरिरहेको पनि उनको मामाले बताएको छन 

तपाईको प्रतिक्रिया