एजेन्सी । सुपर एक्स्प्रेसले छापेअनुसार एक स्थानीय बेश्यालयमा श्रीमान–श्रीमती एकअर्कालाई हेरेर छक्क परेको खबर छ ।

श्रीमानले जहिले पनि अतिरिक्त खर्चका लागि केही पैसा दिन खोज्दा आफूसँग पर्याप्त पैसा भएको श्रीमतीले बताउने गर्थिन् । यसभित्रको गुह्य अर्थशास्त्र के हो भन्ने चाहिँ उनलाई थाहा थिएन । तर त्यस दिन एकअर्कालाई देखेपछि भने अन्य दिनजस्तो सामान्य स्थिति उनीहरु बिच रहेन ।

श्रीमानले प्वाक्क सोधिहाले यस्तो ठाउँमा तिमी के गर्दैछौ र ? उनले श्रीमानलाई रातिराति पार्ट टाइम गर्ने गरेको त बताउने गरेकी थिइन, तर वेश्यालयमा उनी काम गर्छिन् भन्ने कुरा चाहिँ बताएकी थिइनन् ।

त्यस रात श्रीमान् चाहिँ रमाइलो गर्न बेश्यालय के पुगेका थिए, श्रीमतीलाई भेट्टाए । पछि सोधखोज गर्दा त उनलाई के थाहा लाग्यो भने, त्यो वेश्यालयका सञ्चालकमध्ये उनी पनि एउटी रहिछन् ।

श्रीमानले अखबारलाई भने– ‘म त पक्क परेर उनलाई हेरेको हेरै भएँ । पछि बुझ्दा त उनी त्यो वेश्यालयकी सञ्चालिका पो रहिछन् ।’ विगत १४ वर्षसम्म विवाहित रहेका यी दुवैको सम्बन्ध अब चाहिँ समाप्त हुने भएको छ । श्रीमानले पारपाचुकेका लागि निवेदन दिएका छन् ।

तपाईको प्रतिक्रिया