काठमाडौं । रियाल, दिर्हाम, दिनार र रिंगिटको मूल्य बुधबार बढेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार मंगलबार पनि बढेको रियाल, दिर्हाम, दिनार र रिंगिटको मूल्य बुधबार पनि बढेको हो । जसमध्य बढेको मूल्य एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९६ पैसा र विक्रिदर २९ रुपैयाँ १२ पैसा रहेको छ । त्यस्तै बहराइन दिनार एकको खरिददर २ सय ८८ रुपैयाँ र विक्रिदर २ सय ८९ रुपैयाँ ५९ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४६ पैसा र विक्रिदर २७ रुपैयाँ ६१ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०९ पैसा र विक्रिदर १० रुपैयाँ १४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५९ रुपैयाँ ९७ पैसा छ भने विक्रिदर ३ सय ६१ रुपैयाँ ९६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८३ पैसा र विक्रिदर ३० रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५७ पैसा र विक्रिदर २९ रुपैयाँ ७४ पैसा तोकेको छ ।

तपाईको प्रतिक्रिया