काठमाडौँ । हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको मकालु एयरको विमानका चालक दलका दुर्व सदस्यको ज्यान गएको छ । विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा तीन टुक्रा भएको अवस्थामा भेटिएको हुम्ला प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहानैदेखि सम्पर्कविहीन भएको विमान खोजीका लागि हेलिकोप्टर परिचालन गरिए पनि विमान दुर्घटनाको खबर सुरुमा भेडिगोठालाहरुले थाहा पाएका थिए । भेडिगोठालाहरुले दुर्घटना भएको खबर बाहिर ल्याएसँगै तत्काल उद्धारका लागी भनेर सेनाको हेलकप्टर घटनास्थल पुगेको थियो । विमान पहाडमा ठोकिएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया