गोरखा । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई गोरखाका स्थानीयले ठूलो आशा र भरोसाका साथ जिताए पनि अहिले उक्त क्षेत्र हिलोमा मज्जैले डुबेको छ । गाउँदेखि सदरमुकाम जोड्ने मध्यपहाडी लोकमार्ग सडकखण्ड हिलाम्मे भएको छ ।

बर्षातको समय सुरु भएसँगै हरेक वर्ष झैँ यसपालि पनि गोरखा सदरमुकाम जोड्ने मध्यपहाडि लोक मार्ग हिलाम्मे भएसँगै पालुङटार नगरपालिका वडा नम्बर १ खोप्लाङमा पानी परेसँगै बाटोमा हिलो जम्ने र खाल्डा खुल्डी गर्दा गाडी फस्न थाले सँगै स्थानीयले हैरानी खेप्नु परेको छ । प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा। बाबुराम भट्टराई, राष्ट्रियसभामा काँग्रेसका नेता सुरेन्द्र पाण्डे र पालुङटार नगरपालिकाको उपप्रमुखमा पनि खोप्लाङकै पम्फा बसेल निर्वाचित भएको भए पनि उनीहरुले तन मन दिएर काम नष्गरिँदिदा अहिले गोरखाले भनेजस्तो विकाशको गति लिन सकेको छैन ।

तपाईको प्रतिक्रिया