काठमाडौँ । आज भएको मकालु एयरको विमान दुर्घटनामा मकालु एयरका मालिककै एक्ला छोराको निधन भएको छ। जहाज दुर्घटनामा निधन भएकामध्ये कोपाइलट आदित्य नेपाली मकालु मालिकका छोरा हुन् । नाइन एन ए जे यु कलसाइन रहेको विमानका पाइलट किरण भट्टराई, कोपाइलट आदित्य नेपालको मृत्यु भएको हो ।

मृत्यु हुने कोपाइलट आदित्य नेपाली मकालु एयरका मालिक फिजोनाथ नेपालीका एक्ला छोरा हुन् ।दुर्घटनामा परेको जहाज कार्गो लिएर र्खेतको वीरेन्द्रनगरबाट जुम्लाको सिमिकोटका लागि उडेको थियो । संयोग पनि कस्तो भने हुम्लाको खार्पुनाथ भन्ने स्थान त्यही हो जहाँ २०७३ सालमा दुर्घटनाको मुखबाट पाइलट र कोपाइलट बचेका थिए । सहासी पाइलटको नामले परिचित साङ्गे लामाले फोर्स ल्याण्ड गरेर जहाज आफू र कोपाइलट प्रशान्त शाहको ज्यान बचाएका थिए ।यो भिडियो हेर्नुस्ः

तपाईको प्रतिक्रिया