सल्यान । सल्यानमा यात्रुबाहाक बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । सल्यानको शारदा नगरपालिका –१, शीतलपाटी, पटनेरमा रहेको पिपलचौतारा नजिक बुधबार बिहान पौने ११ बजे बस दुर्घटना भएको प्रहरीले जनाएो छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भिर घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । स्रोतका अनुसार सल्यानको खलंगाबाट श्रीनगरतर्फ जाँदै गरेको ना ६ ख २५०५ नम्बरको बस र श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको ना ५ ख ७७५० नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । प्रहरी स्रोतका अनुसार दुर्घटनामा परि कुमाख गाँउपालिका –३, का १२ वर्षीय राजन थापा र शारदा नगरपालिका –१, श्रीनगरका २१ वर्षीय हरि रोका गम्भीर घाइते भएका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया