हेटौँडा – ठूलो परिमाणमा गाँजासहित मकवानपुर प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको राक्सिराङ गाउँपालिका–४ का सुदीप कोइराला र रामकृष्ण ब्लोनलाई उनीहरुको घरमा राखिएको गाँजासहित पक्राउ गरेको हो ।

कोइरालाको घरबाट छवटा बोरामा राखेको १५० केजी र ब्लोन घरबाट १६ केजी ८०० ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरुलाई पक्राउ गर्ने क्रममा केही व्यक्तिले अवरोध गर्न खोजेपछि प्रहरीले एक राउन्ड हवाइ फायरसमेत गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया