काठमाडौँ ,हिजो जेनी खड्का माथि एसिड प्रहार गरेको आरोपमा पक्राउ परेका २८ बर्षिय बिष्णु भुजेलले आफ्नो अपराध स्वीकारका छन । पक्राउ परेपछि महानगरीय प्रहरी परिसरमा राखिएको भुजेलले पारिवारिक झगडामा एसिड प्रहार गरेको बयान दिईएका हुन् ।

पटक पटक घर आउन आग्रह गर्दा पनि नमानेपछि रिसको झोकमा प्रहार गरेको भन्दै भुजेलले बयान दिईएको छन । प्रहरी अनुसार कालोपुल आएर कोठा बाहिर बोलाई भुजेलले जेनी माथि एसिड प्रहार गरेका थिए ।

प्रहरी समक्ष् बिष्णुले जेनीको उमेर १४-१५ बर्ष हुदा नै भुजेलले भगाएर बिबाह गरेको बताएको छन । उनले दिएको बयान अनुसार उनीहरुको बिबाह ६ बर्ष अगाडी भएको थियो भने उनीहरुको एक छोरा समेत छन।

घरमा श्रीमती भएको र आफु दोस्रो श्रीमती भएको थाहा पाएपछि जेनी अलग्गै बस्दै आएकी थिईन माइतीको डेरामा बसेर छोरालाई आफुसगै हुर्काउदै गरेकी उनलाई भुजेलले घर आउन आग्रह गरेका थिए ।

जेनी फिर्ता हुन् नमानेपछि उनले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । घाइते खड्काको हाल किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ एसिड प्रहारको कारण उनको अनुहार, छाती ,हात लगाएतका अंगहरुमा जलेको छ ।

तपाईको प्रतिक्रिया