काठमाडौँ । नेपाली चर्चित क्रिकेटर सन्दिप लामिछानेको चर्चा विश्वभर चलिरहेका बेला उनले आज भारतीय चर्चित क्रिकेटर महेन्द्र सिंह ध्वनीको क्लब चेन्नई बिरुद्ध बलिगं गर्ने भएका छन् । आइपीएलको डेब्यू खेलमा नै बैँग्लोरका ओपनर पार्थिव पटेललाई आउट गरेर चर्चामा मात्रै आएनन् कप्तान विराटलाई समेत शतर्क बन्न बाध्य बनाए । उनै सन्दिप आइपिएलको दोस्रो खेलमा आज नेपाली समय अनुसार ८ बजेर १५ मिनेटमा ध्वनीको टिमलाई बलिगं गर्ने पक्का पक्की भएको छ । आजतकले लिएको एक अन्तरवार्तामा दिल्लीका पूर्व कप्तान गौतम गाम्भिर र म्याक्स्वलले संकेत गर्दै सन्दिपले आजको खेलमा सहभागीता जनाउने रहस्य खोलेका छन् ।

तपाईको प्रतिक्रिया