काठमाडौँ । वर्षा राउत र अजस्र ढुंगानाले अनस्क्रिन रोमान्स गर्ने पक्का भएको छ । यसै सातादेखि छायांकन सुरू भएको नेपाली चलचित्रमा वर्षा राउत र अजस्र ढुंगाना जोडीका रुपमा आउन लागेका हुन् । यसअघि ‘ए मेरो हजुर २’ मा सहअभिनेताको रुपमा काम गरिसकेका अजस्रले चौका दाउबाट नायकको रुपमा डेब्यु गर्न लागेका बेला उनी निकै हर्षित बनेका छन् ।

पूर्णेन्दु झाको निर्देशन रहेको चलचित्रमा विल्सनविक्रम राई, रवीन्द्र झा, सन्तोष पन्त, तैयब शाह, वर्षा राउत, अजस्र ढुंगाना, रोशनी सापकोटा, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देललगायतका कलाकारहरुको अभिनय रहेको छ । निर्माण यूनिटका अनुसार चलचित्रको कथा सशक्त भएको र भूमिका राम्रो भएकाले यस चलचित्रबाटै आफूले डेब्यु गरेको बताइएको छ । चर्चित नायिकासँग अज्रसले गर्ने भनिएको रोमान्स कस्तो हो त्यो भने हेर्न बाँकी नै छ ।

तपाईको प्रतिक्रिया