काठमाडौँ । विश्व्कै कान्छा निर्देशकले निर्देशन गरेको दोस्रो फिल्म ‘हैरान’ आज देशभर रिलिज हुँदैछ । विश्वकै कान्छा निर्देशकका रूपमा गिनिज अफ वल्र्डमा नाम लेखाएका नेपाली बाल निर्देशक सौगात विष्ट दोस्रो चलचित्र ‘हैरान’ का साथ दर्शकमाझ आएपछि उनी थप उत्साहित बनेका छन् । निर्माण यूनिटका अनुसार हैरान मुलुकका ८० भन्दा बढी सिनेमा हलमा एकसाथ रिलिज हुँदै छ ।

निर्माण यूनिटका अनुसार फिल्म कमेडी र एक्सनमा तयार भएको छ, यो फिल्म सामाजिक विषयवस्तु समेटीएको एक मनोरन्जन प्रधान सिनेमा हो । यसअघि पहिलो चलचित्रका रुमिा ‘लभ यु बाबा’ निर्देशन गरेर विश्वकै कान्छा निर्देशक बनेका सौगात अहिले भने अलिक म्याचुअड भईसकेका छन् । उनको यो दोस्रो फिल्ममा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राज, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगाएतको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया