एजेन्सी। एक प्रहरी जवानले विचित्र आवेदन लेखेर पछिल्लो समय सामाजिक संजालमा ब्यापक सक्रियता देखाइरहेका छन् । घटना हो भारतको । मनोज नामका ती सिपाहीले निवेदनमा लेखे कि उनको भर्खरै बिहे भएपछि पत्नीले उनलाई धेरै सम्झिन्छिन् । त्यसकारण उनले विदा लिनैपर्ने भएको कुरालाई निवेदनमा उल्लेख गरेर निवेदन लेखेका हुन् ।

मनोजले लेखेका छन् “अभी नई-नई शादी हुई है और उनकी पत्नी उन्हें बहुत याद कर रही हैं, इसलिए उनका घर जाना अति आवश्यक है।”

यसैबिच ती सिपाहीको निवेदन भने स्वीकार गरिएको भारतीय मिडियाले जनाएको छ । यसैबिच उनको निवेदन भने सामाजिक संजालमा अत्यन्तै भाइरल भइरहेको छ । मनोजले आफ्ना अफिसरसँग ८ दिनको विदा पाएपछि आँफुलाई ड्युटमा सम्झिरहने श्रीमतीलाई भेट्न दिल खोलेर छाती फलाउँदै गएको समाचारमा उल्लेख छ । मनोज भारतको आगरा जिल्लाका बासिन्दा हुन् ।

तपाईको प्रतिक्रिया