डडेलधुरा – यहाँका बालबालीकाले काफल बेचेर पढाइ खर्च जुटाउन थालेका छन् ।फुर्सद्को समयमा भिमदत्त राजमार्गको सडक किनारामा काफल बेच्न बसेका बालबालिकाले दैनिक रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी गर्ने गरेका छन् ।

भिमदत्त राजमार्गको सडक किनारामा काफल बिक्री गर्दै बालबालिका । काफल बेचेर कापी कलम किन्ने उनिहरु बताउँछन् । तस्बिर ः धनबहादुर भण्डारी, डडेल्धुरा, रासस

शनिबार तथा विद्यालय छुट्टी भएपछि काफल बिक्री गर्न हिडेका हुन्छन । काफल बेचेर पढाइखर्च चलाईरहेका छन् ।

स्कुल बिदा हुने बित्तिकै जङ्गलमा गएर बिहान काफल टिप्ने र साँझ बिक्री गर्ने गर्छन ।

तपाईको प्रतिक्रिया