नेपाली फिल्मकी सदावहार सुन्दरी तथा फिट नायिका करिश्मा मानन्धर एक समयकी सर्वाधिक हिट फिल्म दिने अभिनेत्री हुन् । दर्जनौ फिल्ममा दमदार अभिनय गरेकी करिश्माको बिडो अब कसले थाम्ला ?

करिश्मा भन्छिन्, ‘विनोद र म कवितालाई हिरोइन बनाउन तयार छौं । तर हिरोइन बन्न सोचे जस्तो सजिलो छैन । त्यसका लागि शारीरिक र मानसिक रुपमा तयार हुन आवश्यक छ ।’ यस्तै, कविताले आफू फिल्ममा इन्ट्री गर्न इच्छुक रहेको भाव व्यक्त गरिन् ।

केही मोटी देखिएकी कविता अब फिल्ममा अभिनय गर्नका लागि स्लिम हुने सोचमा छिन् ।

केहि दिन अघि नायक शिव श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को एक्सन टिजर आज रिलिज गरिएको छ । एक्सनलाई महत्व दिइएको टिजरलाई यूवापुस्तालाई टार्गेट गरेर तयार पारिएको छ ।

यो चलचित्रको हाल धमाधम छायांकन भैरहेको छ । चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । चलचित्रलाई यशोधा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् ।

टिजर सार्वजनिक कार्यक्रममा यही चलचित्रबाट यो क्षेत्रमा भित्रदै गरेका दुई चर्चित कलाकारका सन्तानहरुलाई पनि मिडियासँग परिचय गराइएको थियो ।

यो चलचित्रमा नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर चलचित्र क्षेत्रमा भित्रदैछन् । कार्यक्रममा बोल्दै कविताले भनिन्-‘यो चलचित्रबाट डेब्यू गर्न पाउँदा म खुशी छु । मैले आफ्नो सक्दो काम गर्नेछु र दर्शकलाई निराश बनाउने छैन ।’

तपाईको प्रतिक्रिया