केही बर्ष अघि देश अघोषित नाकाबन्दीको मारमा पर्यो, खाना पकाउने ग्याँसको हाहाकार नै मच्चियो । त्यसपछि पाठ सिकेको नेपालका नेतृत्वकर्ताहरुले बीचमा केही सकरात्मक कदम चाले पनि, पाइपलाइन सम्मका कुरा भए तर अहिले सम्म त्यो सबैतिर कहिले आउने हो टुंगो छैन ।

त्यसो त माल पाएर चाल नपाउने हामी अथवा चाल पाएर पनि चुप लागेर बस्ने नेपाली जस्तै बनेका छौ । पछिल्लो समय राजधानीका विभिन्न ठाँऊहरुमा यस्तै खाना पकाउने ग्याँस यत्तिकै खेर गइरहेका छन् । केही स्थानियहरुले थोरै भए पनि लाभ उठाइरहेका छन् तर राज्य त्यता तिर नलाग्दा सोचे जत्ति लाभ लिन नसकेको अवस्था छ । प्रस्तुत् भिडियो पनि ललितपूरकै हो, जहाँ स्थानियहरु पानी तताउने देखि भात पकाउने सम्म पालैसँग यो खुल्ला चौरमा गरिरहन्छन् । हेर्नुहोस् यो भिडियो

तपाईको प्रतिक्रिया