आईपीएल क्रिकेट २०१८ को आफ्नो अन्तिम खेलमा नेपालका सन्दीप लामिछानेले लोभलाग्दो बलिङ गरिरहेका छन् ।

मुम्बई इण्डियन्ससंगको खेलमा सन्दिपले ब्यक्तिगत ३ ओभरको बलिङ सकिंदा ३ विकेट लिएका छन् । दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका सन्दिपले ३ विकेट लिन ३२ रन खर्चेका छन् ।

दशौं अोभरमा अाफ्नो दोस्रो अोभर लिएर अाएका सन्दीपले वेष्ट इण्डिजका किरण पोलार्डलार्इ पहिलो र चौथो बलमा क्रुनाल पाण्डेलार्इ पवेलिएन फर्काएका छन्।

७ रनमा खेलिरहेका पोलार्डलार्इ सन्दीपले ट्रेन्ट बोल्टको हातबाट क्याच गराएका थिए भने ४ रनमा खेलिरहेका पाण्ड्यालार्इ राहुल टुवासियाको हातबाट क्याच गराएका थिए। यसअघि पहिलो अोभरमै सन्दीपले सुर्यकुमार यादवको विकेट लिएका थिए।

सो अोभरमा सन्दीपलेदिल्ली डेयरडेभिल्सले मुम्बर्इ इन्डियन्स विरुद्ध जारी खेलमा पहिलो अोभरमै सन्दीपलार्इ बलिङ दिएको थियो।

पहिलो अोभरमै सन्दीपले सुर्यकुमार यादवलार्इ पवेलिएन फर्काएका हुन्। १२ रनमा खेलिरहेका यादवलार्इ सन्दीपले चौथो बलमा विजय शंकरको हातबाट क्याच गएका थिए।

त्यसअघि सन्दीपको पहिलो बलमै चौका हिर्काएका यादवले दोस्रो बलमा छक्का प्रहार गरेका थिए। तेस्रो बलमा २ रन लिएका उनलार्इ चौथो बलमा पवेलिएन फर्काउँदै सन्दीपले बदला लिए।

योसँगै सन्दीपले अाइपीएलमा पाँच विकेट लिएका छन्। यसअघि अघिल्ला दुर्इ खेलमा बैंग्लोर र चेन्नार्इविरुद्ध उनले १-१ विकेट लिइसकेका छन्।

तपाईको प्रतिक्रिया