एजेन्सी। आइपिएल इतिहासकै सबैभन्दा लाजमर्दो रेकर्ड बसिल थम्पीको नाममा लेखियो । सनराइजर्स हैदराबादका यिष् खेलाडीले आइपिएल इतिहासमै एक इनिङमा सबैभन्दा धेरै रन दिने बलरका नाममा लेखाएका हुन् । एक इनिङमा सबैभन्दा धेरै रन दिने बलर बनेका बसिल थम्पीको नाम अहिले चर्चामा छ । भारतीय मिडियाका अनुसार यसअघि यो रेकर्ड इशान्त शर्माको नाममा थियो ।

उनी पनि सनराइजर्स हैदराबादकै तर्फबाट खेल्दा एक ओभरमा सबैभन्दा धेरै रन दिने खेलाडीका रुपमा परिचित थिए । थम्पीले आफ्नो पहिलो ओभरमा १९, दोस्रो ओभरमा १८, तेस्रो ओभरमा १४ र चौथो ओभरमा १९ रन दिएका थिए । २ बलमात्र डट फालेका थम्पीले ५ चौका र ६ छक्का खाएका थिए । थम्पी समग्र टि–२० इतिहासमा भारतीय भूमिमा सबैभन्दा धेरै रन दिने खेलाडी पनि बनेका छन् ।

तपाईको प्रतिक्रिया