एजेन्सी। फिल्म स्क्रिनिङका क्रममा हलमा एक्कासी सिरियल किलरले मानिसहरुलाई समातेर फरक फरक तरिकाले मार्ने कोसिस गरेको खण्डमा के हुन्छ ? यस्तै घटना घटेको छ कान्स फिल्म फेस्टिभलमा । कान्समा डेनमार्कका चर्चित निर्माता लार्स वोन ट्रायरको फिल्म ‘द हाउस बेट ज्याक बिल्ट’ प्रदशनका क्रममा घटेको यो घटना अहिले चर्चामा छ ।

फिल्म स्क्रिनिङका क्रममा यस पटक कान्सको इतिहासमा यसअघि कहिल्यै नभएको र घटना घटे लगत्तै दर्शकहरु फिल्म बीचमै छाडेर त्यहाँबाट भाग्न बाध्य भएका थिए । यतिमात्र होइन उनीहरु बाहिर निस्किएपछि बान्तासमेत गरेको भिडियो अहिले भायरल बनिरहेकेोछ । पूरै फिल्ममा हिंसा देखाइएका कारण यसलाई दर्शकले रुचाएनन् ।

तपाईको प्रतिक्रिया