एजेन्सी। चर्चित नायिकाहरु करीना कपुर, सोनम कपुर, स्वरा भास्कर, र शिखा तल्सानिया यसरी बिकिनीमा हिँडेको तस्विरले सामाजिक संजालमा हंगामा नै मच्चाएको छ । यो कुरा उनीहरुको वास्तविक जीवनको नभई सोनम कपुरकी बहिनी रिहा कपुरले निर्माण गरेको फिल्म वीरे दी वेडिङको नयाँ पोस्टरको हो । जसको पोष्टर सार्वजनिक हुने वित्तिकै सामाजिक संजालमा भाइरल भइरहेको छ । पोस्टरमा फिल्मका चारवटै अभिनेत्री करीना कपुर, सोनम कपुर, स्वरा भास्कर, शिखा तल्सानिया बिकिनीमा देखिएका छन्। यसअघि फिल्मको टीजर र एउटा गीत पनि रिलीज भइसकेको छ। यो नयाँ पोस्टरलाई देखेर के अनुमान लगाउन सकिन्छ भने फिल्म हिरोइनले धेरै मस्ती गरेको देख्न पाइने छ। फिल्मलाई शशांक घोषले निर्देशन गरेका छन्।

तपाईको प्रतिक्रिया