काठमाडौं । लामो समयदेखि चर्चित साडे ३३ केजी सुन प्रकरणमा मुख्य योजनाकार मानिएका चुडामणि उप्रेती अर्थात् गोरे पक्राउ परेका छन् । गत माघमा यूएईबाट आएको ३३ किलो सुन गायब भएपछि गोरेले आफ्ना पूर्व सहयोगी सनम शाक्यको फागुन १८ मा हत्या गरेको आरोप लागेपछि एकाएक फरार रहेका गोरे भारतको नयाँदिल्लीमा पक्राउ परेका हुन् । उनलाई प्रहरीले भारतबाट पक्राउ गरेर स्वादेश ल्याइसकेको प्रहरी उच्च स्रोतको दाबी छ ।

प्रहरीले रेडकर्नर नोटिस जारी गरेर खोजी जारी राखेका बेलmा उनलाई पक्राउ गरिएसँगै अब यो काण्डमा मुछिएका प्रहरीका उच्च अधिकारीहरुको पनि पोल खुल्ने पक्का छ । जुन प्रकरणमा ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ भने ३२ जनालाई पक्राउ गरिएको छ भने अन्य फरार सूचीमा राखेर खोजी गरिएको छ ।

तपाईको प्रतिक्रिया