काठमाडौं । ३३ केजी सुन प्रकरण र सनम हत्या प्रकरणमा मुख्य नाइके चुडामणि उप्रेती गोरे पक्राउ परे लगत्तै सो घटनाका सम्बन्धमा अन्य रहस्य समेत खुल्न थालेका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त हुन् । प्रहरीले नाइके चुडामणि उप्रेती ‘गोरे’ लाई भारतवाट पक्राउ गरेर काठमाडौं ल्याएर पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । गोरेले सुन तस्करी संलग्न अन्य व्यक्तिहरुको समेत नाम लिएका छन् ।

प्रहरीको अनुसन्धानका क्रममा गोरेले सुन तस्करुीमा संलग्न अन्य नयाँ ब्यत्तिलका नाम समेत लिएका हुन् । उनी समातिए संगै सुनकाण्डमा नयाँ रहस्य खुल्दै जान थालेको छ ।

सुन प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले अहिले सम्म ६५ जना बिरुद्ध मुद्या चलाइरहेको छ । गोरेले ति बाहेक अन्य ब्यक्तिको नाम समेत लिएका छन् ।

मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक ईश्वरप्रसाद पौडेलले गोरेले मुद्या चलाइएका ६५ जनाका विषयमा पनि गोरेले घटना पुष्टि हुने तथ्य दिएको र अन्य नयाँ नामका बारेमा पनि रहस्य खोलेको बताएका छन् । उनले भने, ‘उप्रेतीसँग प्रारम्भिक सोधपुछ गर्ने क्रममा प्रवितादी बनाइएका ६५ जना अभियुक्त बाहेक अन्य व्यक्तिहरुको पनि सूचना प्राप्त भएका छ ।’

प्रहरीले गोरेले लिएको सूचनाका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ । पक्राउ परेका गोरेलाई मंगलबारै जिल्ला अदालत, मोरङ पेश गर्ने तयारी गरिएको छ ।

पौडेलले करिब ३८ क्वीन्टल सुन तस्करीको विषय अत्यन्त जटिल, गम्भीर र संगठित प्रकृतिको अनुसन्धान भएकाले गहिराइका साथ अनुसन्धान जारी राख्ने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया