काठमाडौँ । सन्दीप लामिछाने नेपाल अवतरण गरे लगत्तै उनको टिम दिल्लीले ट्वीट गर्दै सन्दीपले नेपालको शीर उचो बनाएको भन्दै उनको मुक्त कण्ठले तारिफ गरेको छ । दिल्लीले सन्दीपले खेलेका तीन वटै खेलमा विकेट लिन सफल भएको उल्लेख गर्दै उनको ‘प्यासन’ र ‘पर्फमेन्स’ म्याच भएको बताउँदै सन्दीपजस्तो प्रतिभावान युवा क्रिकेटर आफ्नो टिममा हुनु टिमको गर्वको विषय भएको बताएको छ । दिल्ली डेयरडेभिल्समा २० लाख भारतीय रुपैयाँमा अनुबन्धित भएका सन्दीपले तीन खेलमा १२ ओभर बलिङ गर्दै ८२ रन दिएर ५ विकेट लिएका थिए ।

उनले चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बेंग्लोर र मुम्बई इन्डियन्सका विश्वप्रसिद्ध ब्याट्सम्यानहरुलाई आउट गर्नुका साथै उत्कृष्ट बलिङ गर्दै सबैको मन जित्न सफल भएपछि उनी अहिले नेपाली र भारतीय क्रिकेटका प्रेमीहरुबिच मात्रै नभई विश्वमा नै परिचित बन्न पुगेका छन् । सन्दीप दिउँसो ४ बजेर १५ मिनेटमा जेट एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा आइपुगेका हुन् । उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । स्वागतमा खेल पदाधिकारी तथा खेलप्रेमीहरुको बाक्लो उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया