भारतको व्यावसायिक क्रिकेट लिग आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेर विश्वव्यापी चर्चा र प्रशंसा बटुलेका १७ वर्षीय नेपाली खेलाडी सन्दीप लामिछाने मङ्गलवार स्वदेश फर्किएका छन्।

दिल्ली डेयरडेभिल्सबाट तीन खेल खेलेर उनले पाँच विकेट लिएका थिए। उनको खेलको प्रशंसा उनको क्लबका समर्थक र नेपाली क्रिकेटप्रेमीले मात्र हैन, दिग्गज क्रिक्रेट खेलाडी र खेल समीक्षकले पनि गरेका छन्।

सन्दीपजस्ता खेलाडीलाई सुरुमै खेलाएको भए दिल्ली डेयरडेभिल्सका पक्षमा सुरुका खेलहरूको नतिजा जानसक्थ्यो भनेर कपिल देवलगायत अन्य विश्लेषकहरू पनि भनेका थिए।

आईपीएलमा पाएको अवसरलाई “मेहनत र भाग्य” को सम्मिश्रणका रूपमा प्रस्तुत गर्दै उनले भने, “टोलीको ११ खेलाडीमा परेर खेल्ने सबैको इच्छा हुन्छ, मेरो पनि थियो।” उनले भने, “मेरा लागि हरेक कुरा चुनौती होइन, अवसर हो। मलाई सधैँ राम्रो गर्ने भोक जागेको छ। र म त्यो गर्न चाहन्छु।”

पहिलो खेलमै विश्वका दुई चर्चित खेलाडी भारतीय कप्तान विराट कोहली र दक्षिण अफ्रिकाका एबी डी भिलियर्सविरुद्ध बलिङ गर्न पाउँदाको अनुभव रह्यो त?

उनले भने, “इमान्दार भएर भन्नुपर्दा मैले के सोचेको थिएँ भने यदि म यो स्तरमा खेल्न आएको छु भने ममा पक्कै पनि केही क्षमता छ र मैले त्यो देखाउनुपर्छ।”

उनी टी-२० को खेलमा पहिलोचोटि खेल्दै थिए, त्यो पनि पहिलो ओभर बलिङ गर्ने अभिभारासहित। जाँदा र आउँदाको सन्दीपमा के फरक छ त? उनी भन्छन्, “खास केही फरक छैन। फरक यति हो कि मैले माया अझ धेरै पाएको छु।”

उनका अनुसार राष्ट्रिय टिम बाट खेल्दा जति दबाब अनुभव हुन्थ्यो त्यति आईपीएलमा भएन। “मलाई के विश्वास थियो भयो यदि म राष्ट्रको प्रतिनिधित्व गर्न सक्छु भने आईपीएलमा पनि खेल्न सक्छु।”

सन्दिपले गायको गित सुन्नको लागि तल भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया