मकवानपुर – मकवानपुरमा हावा हुरीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बैकुण्ठकी ६५ वर्षीया साइलीमायाँ मोक्तान रहेकी छिन् ।कैलाश गाउँपालिका– २ बैकुण्ठमा चट्याङ लागेर अन्य दुई जना घाइते भएको जनाइएको छ ।

यस्तै चट्याङ लागेर सोहि ठाउँका ३९ वर्षीय विनामायाँ मोक्तान र ७० वर्षीय डोल्मा बल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।चट्याङ लागेर उनीहरुको डाँडाखर्क स्वास्थ्य चौकीमा उपचार भैरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया