काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछाने लगातार दोस्रो वर्ष क्यारेबियन प्रिमियर लिग ९सिपिएल० क्रिकेट खेल्ने भएका छन् । सन्दीप लामिछानेलाई बार्बाडस ट्राइडेन्टसले महँगो मुल्यमा अनुबन्ध गरेको छ । उनले अघिल्लो सिजन सेन्ट किट्स एन्ड नेभिल प्याट्रिएट्सबाट सिपिएल क्रिकेट खेलेका थिए ।

बार्बाडोस ट्राइडेन्टले पाँचौ राउण्डमा सन्दीपलाई अनुबन्ध गरेको हो ।उनले ७० हजार डलर पारिश्रमिक पाउने भएका छन् ।सन्दीप बाहेक नेपाली अन्य तीन युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहितकुमार पौडेललाई ड्राफ्टमा कुनै टोलीले अनुबन्ध गरेनन् ।युरो टी ट्वान्टी प्रतियोगिता आगमी अगष्ट ३० देखी सेप्टेम्बर २२ सम्म हुने बताइएको छ ।प्रतियोगिता आयरल्यान्ड, नेदरल्यान्ड र स्कटल्यान्डमा हुनेछ ।आगामी जुलाइ ११ देखि अगस्ट १६ सम्म हुने सीपीएल क्रिकेटमा ६ टोलीले प्रतिष्पर्धा गर्नेछन् ।

तपाईको प्रतिक्रिया