काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण जेष्ठ १३ गते देखि महानिर्देशक विहिन बन्दै छ । पदाबधि सकिनु १ महिना अगावै बिदामा बस्नु पर्ने महानिर्देशक सञ्जिव गौतम हालसम्म बिदामा बसेका छैनन् ।ठ १३ गतेदेखि खाली हुने महानिर्देशक पद हत्याउन प्राधिकरणकै दुई उपमहानिर्देशकबीच रस्साकसी छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निकटका उपमहानिर्देक राजन पोखरेल महानिर्देशक बन्न लागि परेका छन् । पोखरेल तीनै उपमहानिर्देशक हुन्, जसले हवाई यातायात तथा नियमन निर्देशनालयमा रहँदा श्री एयरलाईन्ससँग मोटो रकम लिएर अन्तर्राष्ट्रिय तर्फको एओसी दिएका थिए । यो समाचार यूनाइटेड पोस्ट राष्ट्रिय साप्ताहिक पत्रिकामा प्रकाशित छ।

एओसिआरमा उल्लेख भए अनुसारको धरौटी रकम नराखी श्री एयरलाईन्सका मलिकसँग मोटो रकम लिएर पोखरेलले एओसी उपलब्ध गराएका थिए । पोखरेलमाथि अनिल मानन्धर नामका श्री एयरलाईन्सका कर्मचारीलाई पेप्सीकोला स्थित घरमै बोलाई लाखौ रकम बुझेर गैर कानुनी रुपमा एओसी दिलाएको आरोप लाग्ने गरेको छ ।

वायुसेवा कम्पनीका व्यक्तिलाई घरमै बोलाई रकम असुल्ने र बोलीमा मिठास दिंदै हिड्ने उपमहानिर्देशक पोखरेल यूरोपियन यूनियनमा कालो सूचीमा परेको नेपालको उड्डयन जगतलाई हटाउने भन्दै दर्जनौ पटक बिदेश समेत गएका छन् । तर, उनले आजसम्म पनि कालो सूचीबाट हटाउन सकेका छैनन् ।

हालका महानिर्देशक गौतमले पनि पोखरेललाई महानिर्देशक बनाउन काग्रेस निकट पोखरेललाई सत्तारुढ दल नेकपाका शक्ति केन्द्रहरुमा लिएर जाने गरेका छन् ।सैगरी प्राधिकरणकै निर्देशक प्रदिप अधिकारी पनि जति सुकै रकम खर्च गरेर भए पनि पोखरेलाई नै महानिर्देशक बनाएरै छाड्ने रणनीतिमा छन् । उनले आफ्ना नजिकका व्यक्तिहरुलाई पोखरेललाई महानिर्देशक बनाउन आफू जति पनि रकम खर्च गर्न तयार भएको बताउने गरेका छन् ।

पोखरेललाई महानिर्देशक बनाउन यति एयरलाईन्सका मालिक सोनाम छिरिङ शेर्पाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटाइसकेको बालुवाटार स्रोतले बतायो ।हानिर्देशकै दौडमा रहेका अर्का प्रतिष्पर्धी उपमहानिर्देशक देवानन्द उपाध्याय पनि लागि परेका छन् ।पोखरेल भन्दा आफू सिनियर भएको भन्दै उपाध्याय महानिर्देशक बन्न लविङमा जुटेका छन् । उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको महाप्रबन्धक हुँदा बिभिन्न अन्तरिक बिमानस्थललाई समेत सवल र सक्षम रुपमा सञ्चालन गरेका थिए । कार्यलयको प्रशासनिक ज्ञानदेखि अपरेसनमा समेत उपाध्याय अव्बल मानिन्छन् ।यूनाइटेड पोस्ट साप्ताहिक

तपाईको प्रतिक्रिया