गोङ्गबुबाट सालकको खबटासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले उनीहरुलाई सालकको खबटासहित पक्राउ गरेको हो ।गोङ्गबुको विजी मल अगाडि शङ्कास्पद अवस्थामा हिँडिरहेको अवस्थामा फेलापारी खानतलासी गर्दा उनीहरुले बोकेको झोलामा सालकको खपटा फेला पारेको परिसरका प्रवक्ता बोगटीले जानकारी दिनुभयो ।

मङ्गलबार पक्राउ परेका उनीहरुको साथबाट अन्दाजी तीन किलो खबटा बरामद गरेको र थप कारवाहीका लागि आज डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

यसैबीच कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीस्थित गौतमकुमार विकको सुनचाँदी पसलको सटरको ताल्चा फोड्दै गरेको अवस्थामा भारत मोतीहारी घोडा सहनी घर भई हाल सोही स्थानमा सिरक डसना बनाई बस्ने १९ वर्षीय लड्डु कुमारसहित सात जनालाई गए राति रु एक लाख ४९ हजार नगदसहित पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया