बैतडी – बैतडीमा आगलागी हुँदा एकैघरका तीनजनाको जलेर ज्यान गएको छ। ज्यान जानेमा पुर्चौडी नगरपालिका ५ कुवाकोटका ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका छन् । पुर्चौडी नगरपालिका –७ बसपार्कमा टहरा बनाएर बस्दै आएका उनीहरुको चुल्होको आगो सल्केर आगलागी हुँदा जलेर ज्यान गएको हो ।

राति खाना खाएर टहरामा सुतेका उनीहरु चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा लुहार परिवारको जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका थिए।प्रहरी र स्थानीय घटनास्थल पुग्दा लुहारको परिवार जलिसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया