काठमाडौँ । प्रधानमन्त्री केपी ओली पहिलो पटक २०७२ सलमा प्रधानमन्त्री बन्दा उनको मौज्दात सम्पत्ति जम्मा ७ लाख रुपैयाँ मात्र थियो । २ वर्षकै दोडानमा उनको सम्पत्ति बढेर अहिले ३५ लाख नगद देखिन्छ । उनको एभरेस्ट बैंकमा बचत रहेको रकम ४२ लाख रुपैयाँ छ । बुधबार सार्वजनिक प्रधानमन्त्री लगायत मन्त्रीको सम्पत्ति विवरण कतिपय ठाउँमा पत्याउन नसकिने किसिमको छ । जसका कारण यो तथ्यांकले विरोधाभासपूर्ण अवस्थाको समेत सिर्जना गरेको देखिन्छ । प्रधानमन्त्री स्वयंयले पेश गरेको सम्पत्ति विवरणमा सोही बैंकमा रहेको उनको आफ्नै खातामा मात्र ४२ लाख रूपैयाँ बचत रहेको देखिन्छ । त्यस्तै प्रधानमन्त्री ओलीकी श्रीमती राधिका शाक्यको नाममा खुलाइएको छ ।

शाक्यको नाममा माछापुछ्रे बैंकमा ४ लाख र प्रभु बैंकमा ६ लाख गरी १० लाख रुपैयाँ नगद मौज्दात छ भने राष्ट्रिय बचतपत्रमा २५ लाख रुपैयाँ लगानी रहेको सम्पत्ति विवरण पेश गरेका छन् ।

तपाईको प्रतिक्रिया