काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको यतिबेला भारतमा उपचार हुदैछ । मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएका कारण घिमिरेको थप उपचारका लागी उनलाई राजधानीको ग्राण्डी अस्पतालबाट दिल्ली लगीएको हो ।

दिल्ली लैजानु अघि उनलाई नेपालका महानायक राजेश हमालले राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्य लाभको कामना गरेका थिए ।

ग्राण्डी अस्पताल पुगेर उनले राष्ट्रकवि घिमिरेको स्वास्थ्य लाभको कामना गरका हुन् । अस्पतालमा घिमिरेलाई भेटेपछि फेसवुक स्टाट्स लेख्दै हमालले स्वास्थ्य लाभको कामना गरेको तस्विरले अहिले चर्चा पाइरहेको छ ।

सबैले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई स्वास्थ्य लाभको कामना भन्दै भगवान्सँग प्राथना गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया