काठमाडौं । २८ यात्रु बोकेर काठमाडौंका लागि उडेको ‘नक्कली विमान’ दुर्घटनामा परेको छ । विमान ‘खनालपुर’ विमानस्थलबाटउडेको थियो । दुर्घटनास्थलमा दमकल र एम्बुलेन्सबाट आगो निभाउने र घाइतेको उद्धार गर्ने काम भैरहेको विमानस्थल स्रोतले जनाएको छ ।

स्रोतका अनुसार यो साँच्चिकै दुर्घटना नभई दुर्घटना भयो भने कसरी उद्धार गर्ने भन्ने बारेको आकस्मिक अभ्यासमा पनि विमानस्थलका कर्मचारी र सुरक्षाकर्मी उद्धार कार्यमा खटिएको र आपतकालिन अवस्थाका लागी महत्वपूर्ण काम भएकाले अभ्यास गरिएको हो ।

विमानस्थल नजिकैबाट विमानलाई उडाएर खनालपुर विमानस्थल नामाकरण गरी काल्पनिक रुपमा यो कामको अभ्यास गरिएको हो । दुर्घटना भएमा कसरी तत्काल उद्धार गर्ने र क्षति हुनबाट जोगाउन यो महत्वपूर्ण अभ्इास गरिएको हो ।

तपाईको प्रतिक्रिया