मोरङ । ३३ किलो सुन काण्ड तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय माग गरिएको छ।

मोरङको उर्लाबारी-७ का शाक्यका परिवारले गोरेलाई जन्मकैदको सजायको माग गरेका हुन्।उर्लाबारीमा पत्रकारहरुसँग कुराकानी गर्दै सनमकी आमाले छोराका हत्यारालाई जन्मकैदको सजाय भएमात्र उनको आत्माले शान्ति पाउने बताएकी हुन्।

त्यस्तै उनले मृतक सनमकी श्रीमती र छोरीको पालनपोषणका लागि राहात उपलब्ध गराउन पनि अपिल गरेकी छिन्। सनमका काका, तथा पत्नीले पनि हत्यारालाई जन्मकैदको सजाय सुनाउन माग गरेका छन्

तपाईको प्रतिक्रिया