चितवन । पीच गरिएको सडकमा एक सातामै झार उम्रिएपछि पूर्वी चितवनको राप्ती नगरपालिकामा हंगामा नै मच्चिएको छ । जनप्रतिनिधिले निजी बाटो, कुल देवता मन्दिर र अतिक्रमित क्षेत्रमा बाटो घाटो र अन्य पूर्वाधार निर्माण गर्ने भन्दै रकम बिनियोजन गरी निकै कम गुणस्तरको काम गरी लाखौ रकम अनियमितता गरेर ठेकेदारले निकै कमसल पिच गरेकाले बाटोको अवस्था निकै खराब भको बताएका छन् ।

९ वटा वडा रहेको नगरपालिकामा जनप्रतिनिधिले सानो भन्दा सानो बिकास निमार्णको काममा पनि कमिसन खाने गरेकोले निमार्णमा चरम आर्थिक दुरुपयोग गरेको स्थानीयवासीको आरोप छ । नभै नहुने ठाउँमा एक ट्रिप पनि गिटी नहाल्ने नचाहिने ठाउँमा ग्राबेल नै गर्ने गरेको भन्दै जन प्रतिनिधिले बिल बनाउदै बजेट भ्याउने काम गरेको स्थानीयले आरोप लगाएका छन् । झार मार्न नगरपालिकाले सो पिचमा नुन समेत हालेको र त्यसले पनि झार नमरे पछि विकासका नाममा भएको अनियमितता प्रस्ट देखिएको स्थानीयको आरोप छ । यो हरिबिजोग भएको पिचबाटो प्रचण्ड र गृहमन्त्री रामबहादुरथापाको गृहजिल्लको दृश्य भएका कारण पनि चर्चामा छ ।

तपाईको प्रतिक्रिया