नेपाल कम्युनिष्ट पार्टी (अण्डरलाइन)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ५ वर्षमा सरकारले जनतालाई अनुभुति हुने खालका काम गर्न नसके इतिहास उल्टिने बताएका छन् । तत्कालिन एमाले र माओवादी केन्द्रलाई जनताले विश्वास गरेकोले ७० वर्षे राजनीतिलाई उल्टाउन सफल भएको जिकीर गर्दै उनले निर्वाचनमार्फत दिएको अवसरले दुई पार्टी एकताको विन्दुसम्म आएकोले जनताको मन जित्नुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको १२औं स्थापना दिवसको अवसरमा दाहालले कम्युनिष्टहरूको सुविधाजनक र एकलौटी बहुमत रहेकोले कसैले सरकार ढाल्न नसक्ने दाबी गरे । विगतको ७० वर्षमा नेपाली जनता राजनैतिक स्थायित्व र ५ वर्षसम्म एउटै सरकार चलेको देख्न र अनुभुति गर्न नपाएको भन्दै अब नेपाल कम्युनिष्ट पार्टीको सरकार ५ वर्षसम्म ढुक्कले चल्ने उनले बताए । घटना र विचारमा खबर छ ।

पञ्चायत कालमा राजाले टीका लगाउने सरकार पनि तीन वर्षभन्दा बढि नटिकेको भन्दै प्रचण्डले गणतन्त्र आएपछि पनि नौ महिनाभन्दा बढि समय सरकार टिक्न नसकेको स्मरण गराए । अहिले प्राप्त गरेको अवसरलाई अघि बढाउन नसकेमा मुलुकको अर्थतन्त्र डामाडोल हुने र मुलुकको अस्मिता नै बचाउन नसक्ने स्थितिमा पुग्ने चिन्त उनले व्यक्त गरे ।

तपाईको प्रतिक्रिया