प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको उदाहरण दिँदै नेपाली युवाहरुले अवसर नपाएर पछाडी परेको बताएका छन् । आज काठमाण्डौमा भएको कार्यक्रमलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालीहरु अवसर नपाएका कारण पछाडि परेको बताएका थिए । ‘नेपालमा क्षमतावान युवाहरुको कमी छैन’, उनले भने, ‘अवसरका कारण पछाडि परेको देखियो ।’हालै आइपिएलमा खेलेर आएका युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेको उदाहरण दिँदै उनले भने, ‘दुई चार डल्ला के फ्याँक्न पाएको थियो, सन्दीप चम्कियो ।’

सन्दीपले क्रिकेटमा राम्रै चमत्कार गरेको भन्दै उनले लामिछानेको खुलेरै प्रशंसा गरे । प्रधानमन्त्री ओलीले युवाहरुले आफ्नो क्षमता चिनेर त्यसै अनुरुप विकास गर्नुपर्नेमा जोड समेत दिएका छन् । मुलुकलाई चाहिने जनशक्ति उत्पादन हुने खालको र जीवनोपयोगी शिक्षा दिन सरकार लागीपरेको उनका भनाइ छ । सन्दिप लामिछानेलेको विषयमा अोलीको टिप्पणी हेर्नुहोस भीडियोमा

तपाईको प्रतिक्रिया