इलाम । खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने मदन लिम्बु पक्राउ परेका छन् । श्रीमतीको हत्या गरी फरार भएका अभीयुक्त मदन लिम्बुलाई प्रहरी टोलीले इलाम नगरपालिका स्थित घटना भएको स्थान आसपासमा लुकीछिपी बसेको अवस्थामा एकाबिहानै पक्राउ गर्न सफल भएको हो । प्रहरी स्रोतका अनुसार इलामको गोलाखर्क भञ्जायङमा बिहीबार बेलुका श्रीमतीलाई धारीले हतियार प्रयोग गरी हत्या गरेर फरार भएका थिए । ३९ का लिम्बुले घरायसी वादविवाद हुँदा आफ्नै श्रीमती बिमला लिम्बुलाई खुकुरी प्रहार गरी घाइते बनाएर फरार भएका थिए । बिमलाको उपचारका क्रममा ज्यान गएको थियो । लिम्बुलाई प्रहरीले आज बिहान करिब ७ बजे तिर पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया