काठमाडौं । अब मनपरी तरिकाले विवाहमा दाइजो दिन नपाइने भएको छ । गृह मन्त्रालयले तयार पारेको सामाजिक सुधार विधेयकमा दुलाहा पक्षले दुलहीलाई ४० र दुलही पक्षले दुलाहालाई बढीमा २० ग्राम सुन दिन मिल्ने उल्लेख गरेसँगै अब समाजमा मै हुँ भन्नेहरुलाई भने कडा धक्का लागेको छ । दाइजो, जन्ती र आफूखुसी भोजभतेर गर्दा विभिन्न समस्या भएको भन्दै मन्त्रालयले नयाँ ऐन ल्याउने तयारी गरीरहेको छ ।

त्यस्तै विवाहमा बोलाइएका व्यक्तिले अब उपरान्त ५ सय रुपैयाँ वा सो बराबरको मात्र उपहार दुलाहा वा दुलहीलाई दिन पाउने विधयेकमा व्यवस्थामा समेत उल्लेख छ । ऐन लागु भएपछि दुलाहा पक्षबाट २५ र दुलही पक्षबाट ३५ जनामात्र जन्ती जान पाउने छन्। विवाह भोजमा २ सय ५० र सामाजिक भोजमा १ सय जनासम्मलाई बोलाउन पाइनेछ भने बढी जन्ती लिनेलाई पचास हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया