नेपाली सिने बाँकेको कोहलपुरमा नगरीको एक मात्र न्युज मेकर कुईंन नायिका रेखा थापाको निर्देशकीय सिनेमा ‘मालिका’ को लगभग ५० प्रतिशत छायांकन सकिएको छ । बिहिबार बाँकेको कोहलपुरको भित्रि गाउँ दाउनमा नायिका रेखा थापा लाई छायांकन गर्न गाह्रो भयो कारण नायिका रेखा थापा गाउँमा आउने हल्ला सुनेपछि आशापसका ७ गाउका ५०० भन्दा बढी जनमानस सुटिंग हेर्न आईपुगेका थिए । नायिका रेखा थापा जब गाउंमा पुगिन उनको सुरक्षाको लागी प्रहरी उपरीक्षक सहित १६ जना प्रहरी नै परिचालन गर्नु परेको थियो ।

नायिका रेखा थापा लाई भेट्न के बालक के बृध्दा सबैको उपस्थिति रहेको थियो । त्यस्तै नायिका थापाले उपस्थित गाउलेहरु संग दोहोरो अन्तरक्रिया पनि गरेकी थिईन । हाल छायांकनमा रहेको सिनेमा मालिका मा रेखा थापा सहित नव कलाकार कमला ओली , किशोर खतिवोड़ा ,घनश्याम गिरि , किरण थापा लगायतकाको अभिनय रहेको छ ।

सिनेमामा रामशरण उप्रेतीको सिनेमाटोग्राफी ,रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको दोन्द रहेको छ । सिनेमा लाई रेखा थापा प्रोडक्सनको ब्यानरमा निर्माता सरस्वति थापा र कार्यकारी निर्माता नर कार्की रहेका छन । थप भिडियोमा

तपाईको प्रतिक्रिया