काठमाडौं । एउटा कार्यक्रममा छोटो लुगा लगाएका कारण निकै टिप्पणी सहेकी अभिनेत्री करिश्मा मानन्धर अर्का एउटा कार्यक्रमा स्कुले ड्रेसमा देखा परेकी छन् । करिश्मा मानन्धरले जे लुगा लगाए पनि त्यसको चर्चा भने हुन छोड्दैन । किन भने उनी सेलिब्रेटी हुन् ।छोरी कविता मानन्धरलाई शुभकामना दिन राजधानीमा आयोजित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को पत्रकार सम्मेलनमा उपस्थित भएकी करिश्मा मानन्धरलाई छोटो लूगाले सास्ती दिएको थियो । करिश्मा मानन्धरलाई छोटो लूगाले सास्ती दिदा उनले मोबाइल र हात प्रयोग गर्दै ‘वार्डरोप मालफक्सन’बाट बच्ने प्रयास गरेकी थिइन् । करिश्माको यो पहिरनलाई लिएर विभिन्न शिर्षक बनेपछि उनले फेसबुकमा कडा शब्द समेत लेखेकी थिइन् ।पत्रकारलाई आफ्नो पहिरनको बारेमा शिक्षा नै दिएकी करिश्मा मानन्धरले चलचित्र पत्रकार संघ, नेपालले आयोजना गरेको कार्यक्रममा स्कुल जाँदा लगाउने स्कुल पोशाक लगाइन् । स्कुल पोशाकमै कार्यक्रममा पुगेर करिश्माले पुरस्कार पनि वितरण गरिन् ।

रिश्माको स्कुल पहिरनमा यस्तो कार्यक्रममा उपस्थिती पत्रकारका लागि पुरानो हुने कुरै भएन । स्कुलको पहिरनमा उपस्थित करिश्माले यस्तो फोटो पनि के खिच्नु हुन्छ भन्दै पत्रकारसँग दुरी बनाउने काम गरेकी थिइन् । सधै फेसनमा रमाउने करिश्मालाई स्कुलको ड्रेसमा अप्ठ्यारो लागिरहेको थियो ।

तपाईको प्रतिक्रिया