एजेन्सी । हलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको मृत्यु भएपछि उनका पतिको जिवन अहिले एक्लीएको छ । उनी मात्र होइन कपुर परिवार अहिले शोकमा छ । फेब्रुअरी २४ तारिखमा श्रीजेवीको दुबईमा निधन भएको थियो । नायिकाको अचानक मृत्यु भएपछि उनको परिवार र प्रशंसकलाई गहिरो झट्का लागेको छ । श्रीदेवीको निधन पछि उनका पति बोनी लामो समय सम्म कुनै सार्वजनिक कार्यक्रममा देखिएनन् । उनले कतै अन्तरवार्ता समेत दिएका थिएनन् । कपुर परिव अझैसम्म पनि शोकाकुल अजस्थामा छ । हालै बोनी कपुरले श्रीमतीको मृत्युपछि पहिलो आधिकारिक अन्तर्वार्ता दिएका छन् । अन्तरवार्तामा उनले श्रीदेवीको मृत्युपछि जीवन कसरी चलिरहेको छ भन्ने जानकारी दिएका छन् ।

वेब पोर्टल मसालालाई दिएको अन्तर्वार्तामा बोनी कपुरले आफु आफ्ना सन्तानलाई आमा र बुवा दुबैको माया दिने कोसिसमा रहेको बताएका छन् । बोनीले भने ‘श्रीदेवी अचानक बिदा भइन् । उनी बिनाका यी महिना निकै मुश्किल रह्यो । हाम्रो जीवनमा सबैकुरा फ्रिज भयो । धेरै कुरा भन्न बाँकी र गर्न बाँकी थिए । अब म आफ्ना सन्तानका लागि ती सबै कुरा बिस्तारै सुरु गर्दै छु । जुन कुरा अधुरा थिए त्यसलाई पुनः जीवन्त राख्न चाहन्छु । मलाई अझैसम्म विश्वास छैन कि उनी सदाका लागि यो संसारबाट बिदा भइसकेकी छिन् ।’

स्मरण रहोस्, आफ्नो एक पुरानो बयानमा बोनीले भनेका थिए, ‘संसारका लागि उनी चाँदनी थिइन्।।। एक उत्कृष्ट कलाकार।।। उनीहरुका श्रीदेवी।।।।तर मेरा लागि उनी मेरो प्रेम, साथी, पार्टनर र मेरा सन्तानकी आमा थिइन् । मेरी छोरीहरुका लागि उनी सबथोक थिइन्, उनीहरुको जिन्दगी थिइन् । हाम्रो जीवन उनकै वरिपरि घुम्थ्यो ।’

तपाईको प्रतिक्रिया